‘नेपाललाई समृद्ध बनाउन कृषि क्रान्ति आवश्यक छ’ : सभापति सुमार्गी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ ५, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ५, काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका कृषि उधम तथा अनुसन्धान केन्द्रका सभापति अरुणराज सुमार्गीले नेपाललाई समृद्ध बनाउन कृषि क्रान्ति आवश्यक रहेको बताएका छन् । देश आर्थिक रुपमा बलियो बनाउन कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने उनले बताए । एनआरएनए एनसिसि युनाईटेड अरब ईमिरेट्सको आयोजनामा दुबईमा आयोजित स्वागत सम्मान तथा अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सुमार्गीले बाहिर हल्ला गरेजस्तो नेपालमा आर्थिक संकट नभएको बताए ।

देश टाट पल्टियो भनेर अनावाश्यक हल्ला फैंलाएको छ सुमार्गीले भने-“यो सिमित व्यक्ति र समुहको स्वार्थको लागी गरिएको निराधार प्रचार हो ।” पारिवारिक तथा व्यवसायिक भ्रमणको क्रममा युएईमा रहेका सफल व्यवसायी तथा बागमती प्रदेशको मुख्यमन्त्रीका बिज्ञ सल्लाहकार सुमार्गीले अब स्वदेशमा नैं रोजगारको सिर्जना हुने आश्वासन दिए । कृषि क्षेत्रमा भएका सम्भावना र योजनाहरु बारे प्रष्ट पार्दै सुमार्गीले केही बर्षमै नेपाल मल लगायत कृषिमा आत्मनिर्भर हुने बताए ।

नेपाली उत्पादन अब विश्व बजारमा पुग्ने र उपभोग गर्न पाइने सुमार्गीले बताए । कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघ महिला उद्यम विकास सभापति अङ्किता सुमार्गीले दुबईमा रहेका महिला कामदारको सुरक्षाको बिषयमा चिन्ता र चासो व्यक्त गरेकी थिइन् । कामदारको रुपमा बिदेश आउने महिलाहरुलाई अन्यायमा पर्न नदिन उनले सम्बन्धित सरोकारवालाहरुलाई आग्रह गरिन । अब नेपालमा नैं महिलाहरु उद्यममा लाग्नुपर्नेमा पनि उनको जोड थियो । नेपालमा नैं सिप सिकेर धेरैं काम गर्न सकिन्छ सुमार्गीले भनिन् -“अब नेपाल फर्केर घर परिवार संगैं बसेर उद्यम गरौं ।”

कार्यक्रममा एनआरएनए एनसिसि युनाईटेड अरब ईमिरेट्सका नवनिर्वाचित अध्यक्ष ठाकुर ढुंगानाले व्यवसायिक रुपमा सफल सुमार्गी परिवारले देशमा नैं युवाहरुको लागी रोजगारी सिर्जना गर्न आग्रह गरे । उनले नेपालमा जग्गा बाझो राखेर युवाहरु बिदेश पलायन हुनु रहर नभएर बाध्यता भएको बताए । प्रवासमा रहेका नेपालीहरुको हकहितको लागी निरन्तर लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष ढुंगानाले नेपाललाई समृद्ध बनाउन गैरआवासिय नेपालीहरुले योगदान पुर्याउने पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस